ग्रास रुट कार्यक्रमको उद्घाटन

  • खेल संसार
  • २०८२ श्रावण २८, मंगलबार
ग्रास रुट कार्यक्रमको उद्घाटन

खेलसंसार संवाददाता

२७ साउन, काठमाडौं ।

एन्फा ग्रास रुट कार्यक्रमको मंगलबार औपचारिक उद्घाटन भयो । कार्यक्रमको अखिल नेपाल फुटबल संघ( ANFA)का अध्यक्ष पङ्कज विक्रम नेम्बाङले गर्नुभयो । उद्घाटनकै अवसरमा लोगो समेत अनावरण गरियो ।

कार्यक्रमका लागि टिडिएच र चाइल्ड नेपालसँग सम्झौता पनि भएको ग्रास रुट विभागका प्रमुख पङ्कज शाहीले जानकारी दिए । दुवै संस्थासँग भिन्न भिन्नै सम्झौता पत्रमा हस्ताक्षर भएको हो । टिडिएचका सेभ गार्डिङ कोअर्डिनेटर कमल लामा तथा चाइल्ड नेपालका कार्यकारी निर्देशक मोहन दंगालले हस्ताक्षर गरे ।
कार्यक्रमको अध्यक्षता एन्फाका ग्रास रुट समिति संयोजक मणि चेम्जोङले गरेका थिए ।

विषयगत क्षेत्रमा सहकार्य गर्दै बालबालिकाको सुरक्षित रूपले फुटबलमा सक्रिय रहने वातावरण सृजना गर्ने कुराका सहकार्य भएको शाहीले बताए । ३ वर्षे सो कार्यक्रम विश्व फुटबल महासङ्घ(फिफा)को आर्थिक सहयोगमा हुन लागेको हो । ३ वर्षे कार्यक्रम ३९ जिल्लामा सञ्चालन हुने छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

लुम्बिनी

सुदूरपश्चिम

कर्णाली

बागमती