सउदी अरबविरुद्ध नेपालको कठिन जित

  • खेल संसार
  • २०८२ श्रावण २४, शुक्रबार
सउदी अरबविरुद्ध नेपालको कठिन जित

खेलसंसार समाचारदाता
काठमाडौँ, साउन २३ गते । सुक्रिया मियाले गोल गरेपछि नेपालले शुक्रबार सउदी अरबलाई १–० ले हराएर एएफसी महिला यु–२० एसियन कप छनोटमा पहिलो जित हात पारेको छ ।

नेपाल पहिलो खेलमा घरेलु टिम भुटानसँग १–१ ले बराबरीमा रोकिएको थियो । नेपाल लगातार दोस्रो बराबरीतर्फ अग्रसर बनिरहेको समयमा सुक्रियाले निर्णायक गोल गरी नेपालालई महत्वपूर्ण तीन अङक दिलाउनुभयो । खेलको ९० औँ मिनेटमा मिन देउवाको पासमा डिबक्समा विना निगरानीमा रहेकी सुक्रियले गोल गरी नेपाललाई जित दिलाउनुभयो ।

भुटानको थिम्पुस्थित चामलिमिथाङ रंगशालामा नेपाल पूर्वार्धमा दुई पटक गोलपोष्ट बाधक बन्दा गोलविहिन बन्यो । खेलको १८ औँ मिनेटमा सरिता कुमारीले फ्रिकिकमा प्रहार गरेको बल पनि गोलपोस्टमा लागेर फर्किँदा नेपाल अभागी सावित भएको थियो । खेलको ३७ औँ मिनेटमा अग्रता बनाउने अवसर थियो । डिबक्समा मिडफिल्डर मनिषा सेनलाई लडाइएपछि नेपालले पेनाल्टी पाएको थियो । तर मिना देउबाको पेनाल्टी प्रहार गोलपोटमा लागेर फर्कियो ।

भुटानसँग अनपेक्षितरुपमा बराबरीमा रोकिएपछि प्रशिक्षक यामप्रसाद गुरुङले पहिलो रोजाईमा पाँच खेलाडी परिवर्तन गरेको थियो । यस प्रतियोगितामा वर्षा ओली, समिक्षा मगर, सरिता, मनिषा र कुसुम खतिवडाले पहिलो पटक सुरुआती एघारमै खेल्ने मौका पाउनुभएको हो ।

तर नेपालले तुलनात्मकरुपमा कमजोर मानिएको सउदी अरबविरुद्ध अपेक्षाअनुरुप प्रदर्शन भने गर्न सकेन । सउदी अरब पहिलो खेलमा उत्तर कोरियासँग १५–० ले पराजित भएको थियो । तर सउदी अरबले नेपालसँग टक्करको खेल प्रदर्शन गर्यो । सउदी अरब पटकपटक गोलको नजिक पुगेको थियो ।

खेलको ४२ औँ मिनेटमा स्थानापन्न खेलाडी लमारले व्यक्तिगत खेल देखाएर गोलपोस्ट नजिक बल लगेर गरेको ‘चिप’ प्रहार गोलापोस्ट माथिबाट जाँदा नेपाल जोगिएको थियो । यसैगरी ५५ औँ निेटमा सउदी अबरकी अमीरा अबु अस्लम लगातार दुई पटक गोलको नजिक पुग्नुभएको थियो ।

नेपालले अब अन्तिम खेल च्याम्पियन उत्तर कोरियासँग खेल्नेछ । यस समूहबाट नेपालले समूह उपविजेताका रूपमा अगाडि बढ्ने लक्ष्य लिएको छ । तर भुटानसँगको बराबरी र सउदी अबरसँगको कठिन जितले नेपालको सो अभियानमा धक्का लाग्नसक्छ ।

३२ राष्ट्रको सहभागिता रहेको छनोटमा आठ समूह रहेका छन् । हरेक समूहका विजेता आठ टोली तथा उत्कृष्ट तीन उपविजेता टोलीले आगामी वर्ष थाइल्यान्डमा हुने यु–२० एसिया कपमा स्थान बनाउने छ ।

तस्वीरः एन्फा

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

लुम्बिनी

सुदूरपश्चिम

कर्णाली

बागमती