लोमान्थाङमा गल्फ हुने

  • खेल संसार
  • २०८२ श्रावण १९, आईतबार
लोमान्थाङमा गल्फ हुने

खेलसंसार समाचारदाता ।

मुक्तिनाथ (मुस्ताङ), साउन १८ गते मुस्ताङको लोमान्थाङ गाउँपालिका–५,लोमान्थाङको लोवथाङमा गल्फ कोर्समा गल्फ प्रतियोगिता हुने भएको छ । समुद्री सतह बाट ४७०० मिटरको उचाइमा रहेको लोवथाङमा भदौ २८ र २९ गते गल्फ प्रतियोगिता हुने बताइएको छ । सो प्रतियोगितामा अन्तराष्ट्रि«य गल्फरहरुको पनि सहभागिता रहनेछ ।
लोमान्थाङमा रहेको गल्फ कोर्ष हाईअल्टिच्युडको दृष्टिकोणले विश्वकै अग्लो स्थानमा रहेको दाबी समेत गरिएको छ । यहाँ यस प्रतियोगिताको चौथो संस्करण हुन लागेको हो ।
गत वर्ष तेस्रो संस्करणमा पुरुषतर्फ इन्द्रधारा विष्ट र महिलातर्फ बालकाशी गुरुङले उपाधि जित्नुभएको थियो ।

यस वर्ष होल इन वान हान्ने खेलाडीलाई घोडा उपहार सहित आर्कषक पुरस्कार दिने आयोजनाले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

लुम्बिनी

सुदूरपश्चिम

कर्णाली

बागमती