अशोक चार विश्व वरीयता तेक्वान्दोको निर्णायक बस्ने

  • खेल संसार
  • २०८२ श्रावण २३, बिहिबार
अशोक चार विश्व वरीयता तेक्वान्दोको निर्णायक बस्ने

खेलसंसार समाचारदाता
काठमाडौं, साउन २२ गते । नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले अस्ट्रेलियामा हुने चार वटा विश्व वरीयता प्राप्त तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने हुनुभएको छ ।

उहाँले अस्ट्रेलियामा हुने विश्व वरीयता जी–३ डब्लुटी प्रेसिटेन्ड कप ओसिएना, डब्लुटी प्रेसिटेन्ड कपमा जी–३ को पारातर्फको प्रतिस्पर्धा, विश्व वरीयता जी–२ अस्ट्रेलियन ओपन र पारा अस्ट्रेलियन ओपनर गरी चार वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न लाग्नुभएको हो ।

अशोक शुक्रबार मलेसिया जानुहुनेछ । उहाँको मलेसियाबाटै अस्ट्रेलिया प्रस्थान गर्ने कार्यक्रम छ । खड्का ग्योरोगी, पुम्से र पारा तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक हुनुहुन्छ । नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष समेत रहेका उनले चार दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमीका निर्वाह गरिसक्नुभएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

लुम्बिनी

सुदूरपश्चिम

कर्णाली

बागमती