नेपाली टोली यु-२० महिला एसियन कप छनोट खेलेर फर्कियो

  • खेल संसार
  • २०८२ श्रावण २७, सोमबार
नेपाली टोली यु-२० महिला एसियन कप छनोट खेलेर फर्कियो

खेलसंसार समाचारदाता
काठमाडौँ, साउन २६ गते ।

एएफसी यू–२० महिला एसियन कप छनोट खेलेर नेपाली टोली भुटानबाट सोमबार स्वदेश फर्किएको छ ।

नेपालले सउदी अरबलाई १–० ले र भुटानलाई १–१ ले बराबरीमा रोकिएको थियो । तर नेपालले आइतबार समूह ए को आफ्नो अन्तिम खेलमा उत्तर कोरियासँग ११–० को पराकिलो हार व्यहोरेको थियो ।

भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा भएको खेलमा बलियो टिम उत्तर कोरियाले सँग हारेपछि दोस्रो स्थानमा चित्त बुझाएर स्वदेश फर्कनुपरेको छ ।
छनोटमा नेपालले ३ खेल खेलेर ४ अंकमात्रै जोड्न सक्यो । नेपाल रहेको समूहबाट सबै ३ खेल जितेको उत्तर कोरिया ९ अंकका साथ समूह विजेता बनेर अर्को वर्ष थाइल्याण्डमा हुने एसियन कपमा छनोट भयो ।

प्रशिक्षक यमप्रदाद गुरुङले वल्र्ड कप खेलेको टोली सगँ खेलि अनुभव बटुल्न मौका पाएको बताउनुभयो । लगानी अनुसारको नतिजा आउने विश्वास ब्यक्त गर्नुभयो ।
खेलाडीले खेल राम्रो खेलेको नजिता तल माथि हुने उहाँले बताउँदै उत्तरकोरियाको स्तर धेरै माथि भएको हुनाले गा¥रो भएको बताउनुभयो ।

नेपाली खेलाडीको एक आपसमा कम्युनिकेसन नमिलेको देखिरहेको बताउँदै उहाँले भन्नुभयो, मैले धेरै ‘डिमान्ड’ गरे त्यो पुरा गर्न गार्हो भयो ।

एन्फाले लामा योजना बनाए लग्यो भने हामी पनि त्यति लेभलको हुने दाबी गर्दे । हामीले पनि अलि मैत्रीपुर्ण खेल खेल्नु पाएको भएर खेलाडीले राम्रो एक्सपोजर पाउने र यो भन्दा बढी खेलमा सुधार हुने विश्वास ब्यक्त गर्नुभयो । गुरुङले साफ र एएफसी धेरै फरक भएको बताउँदै खेलमा तल माथि हुने बताउनुभयो ।

कुुसुम खतिवडा भन्नुहुन्छ, सोचेको जस्तो नतिजा आउन सकेन । उत्तर कोरिया हामी भन्दा धेरै माथि छ । शारिरीक मानसिक धेरै बलियो थियो । कुनै पनि कमजोरी अवस्था भनेको थिएन उहाँले भन्नुभयो ।

वल्र्डकप खेलिसकेको टोली अलि बलियो नै थियो कुुसुमले हामीलाई मैदानमा अलि गार्हो भएको बताउनुभयो ।
साफमा अलि कमजोट टोली भएकोले हामीलाई सजिलो भयो तर यो छनौटमा भने बलिया टोलीको सामना गर्नुपर्ने थियो नजिता राम्रो ल्याउन सकेन उहाँले भन्नुभयो ।

फोटोः बि. श्रेष्ठ

 

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

लुम्बिनी

सुदूरपश्चिम

कर्णाली

बागमती