खेलसंसार समाचारदाता
काठमाडौँ, साउन २२ गते । काठमान्डु गोर्खाजका मुख्य प्रशिक्षक मोन्टी देसाई बिहीबार नेपाल आइपुग्नुभएको छ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको शनिबार हुने अक्सनलाई लक्ष्य गरेर मोन्टी काठमाडौं आउनुभएको हो ।
काठमान्डु गोर्खाजका प्रशिक्षक वसन्त शाही ठकुरी, काठमान्डु गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहिया, प्रमुख कार्यकारी अधिकृत सुरजसिंह ठकुरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मोन्टीलाई स्वागत गर्नुभयो । गत फेब्रुअरीमा नेपाली राष्ट्रिय टोलीमा आफ्नो दुई वर्षे कार्यकाल सकेर मोन्टि भारत फर्कनुभएको थियो । मोन्टी ६ महिनापछि फरक लक्ष्यसहित काठमाडौँ आउनुभएको छ ।
मोन्टी २०२३ को फेब्रुअरी देखि २ वर्ष नेपालको प्रशिक्षक रहनुभएको थियो । मोन्टीको प्रशिक्षकत्वमा विश्वकप लिग २ का १२ खेलमा ११ खेल जित्दै नेपाल स्वतः २०२३ को एकदिवसीय विश्वकप छनोटमा पुगेको थियो । मोन्टीकै प्रशिक्षणमा नेपालले पहिलो पटक एसिया कप खेलेको थियो । यसैगरी नेपालले १० वर्षपछि ट्वान्टी–२० विश्वकपमा पुनरागमन पनि गरेको थियो ।
काठमान्डु गोर्खाजले एनपिएलको पहिलो सिजनबाट मार्की खेलाडी करण केसीसहित भीम सार्की, शाहव आलम, रशिद खान, दीपेश कँडेल र प्रतिक श्रेष्ठलाई ‘रिटेन’ गरिसकेको छ ।
तस्वीरः बि. श्रेष्ठ