फिफा वरीयतामा नेपाली महिला टिमको छलाङ

  • खेल संसार
  • २०८२ श्रावण २३, बिहिबार
फिफा वरीयतामा नेपाली महिला टिमको छलाङ

खेलसंसार समाचारदाता
काठमाडौँ, साउन २२ गते । नेपाली महिला राष्ट्रिय टोली फिफा विश्व वरियतामा छलाङ मारेको छ । यसअघि १०० औँ स्थानमा रहेको नेपालको महिला फुटबल टिमले १३ स्थान उक्लँदै ८७औं स्थानमा रहन सफल भएको छ । नेपालको यो अहिलेसम्मकै सबभन्दा उच्च वरीयता हो । यसअघि, नेपाली महिला टिमको सबभन्दा उच्च वरीयता ९१ औँ स्थान रहेको थियो ।

विश्व वरीयतामा विश्व विजेता स्पेन शीर्ष स्थानमा छ । स्पेनले अमेरिकालाई दोस्रो स्थानमा झारेको हो । स्वीडेन तेस्रो, युरो विजेता इङगल्यान्ड चौथो, जर्मनी पाँचौँ, फ्रान्स छैटौँ, ब्राजिल सातौ, जापान आठौँ, क्यानाडा नवौँ र कोरिया दशौँ स्थानमा रहको छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

लुम्बिनी

सुदूरपश्चिम

कर्णाली

बागमती