सङकटा क्लब

सङकटामा यु२० राष्ट्रिय महिला टिमका पाँच खेलाडी

एक दिनअघि हिरक जयन्ती मनाएको सङकटा क्लबले आइतबार स्ट्राइकर पूर्णिमा राईसहित नेपालको यु२० राष्ट्रिय महिला टिमका पाँच प्रमुख खेलाडीलाई टिममा भित्र्याएको छ ।
  • खेल संसार
  • २०८२ श्रावण १९, आईतबार
सङकटामा  यु२० राष्ट्रिय महिला टिमका पाँच खेलाडी

खेलसंसार समाचारदाता ।
काठमाडौँ, साउन १८ गते ।

एक दिनअघि हिरक जयन्ती मनाएको सङकटा क्लबले आइतबार स्ट्राइकर पूर्णिमा राईसहित नेपालको यु२० राष्ट्रिय महिला टिमका पाँच प्रमुख खेलाडीलाई टिममा भित्र्याएको छ ।

यसै महिना बङगलादेशमा भएको साफ यु२० महिला फुटबल प्रतियोगितामा पूर्णिमाले दुई ह्याट्रिकसहित दस गोलसहित सार्वधिक गोकलर्ता बनेर गोल्डेन बुट जित्नुभएको थियो । अब उहाँ आगामी एन्फा महिला लिग छनोटमा पूर्णिमाले सङकटाको जर्सीमा खेल्नुहुनेछ । एन्फा महिला लिग छनोट प्रतियोगिता भदौ २९ गतेदेखि ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा सुरु हुँदैछ ।

पूर्णिमासँगै सङकटाले भोजपुरकी अनिशा राई, नवलपरासीकी सेनु परियार, नवरपरासीकी सुक्रिया मिया र उदयपुरकी समिक्षा मगरलाई पनि टिममा भित्र्याएको छ । राइट ब्याक अनिसा डेथ बल स्पेसलिस्ट पनि हुनुहुन्छ । सेनु, सुक्रिया र समीक्षा मिडफिल्डमा खेल्नुहुन्छ ।

यी सबैले बङगलादेशमा भएको साफ यु २० च्याम्पियन्सीपमा खेलेका थिए । यी पाँचै खेलाडीलाई महिला फुटबलको भविष्यको रुपमा हेरिएको छ । त्यसैले पनि अगामी एन्फा महिला लिग छनोटमा सङकटा हेर्नलायक टिमको रुपम रहनेछ । यी सबै खेलाडी अहिले भुटानमा सुरु हुन लागेको एएफसी यु–२० महिला एसियन कप छनोट खेल्ने तयारीमा छन् । सङकटाले अन्य प्रतिभाशाली महिला फुटबललाई पनि टिममा ल्याउने योजना भएको बताएको छ ।

एन्फा राष्ट्रिय महिला लिग छनोट प्रतियोगिता भदौ २७ गते देखि सुरु हुँदैछ । प्रतियोगितामा १४ टोलीको सहभागिता रहनेछ । समूह ‘ए’ मा चर्च ब्वाइज युनाइटेड एफसी, छहारी फुटबल क्लब, राप्ती एफसी, सिन्धुपाल्चोक एफसी, स्टुडेन्ट्स फुटबल क्लब, आरएस रिसोर्ट एण्ड बिच फुटबल र एफसी रिएले तथा समूह ‘बी’ मा एनआरटी, संकटा एफसी, बुटवल लुम्बिनी एफसी, एनबीएम पोखरा गल्र्स एफसी, झापा एफसी, लम्की फुटबल एण्ड ट्रेनिङ सेन्टर, नेपाल खेलकुद क्लब रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

लुम्बिनी

सुदूरपश्चिम

कर्णाली

बागमती