खेलसंसार समाचारदाता ।
काठमाडौँ, साउन १८ गते ।
प्रधानमन्त्री केपी शर्मा ओलीले म्याट्रिक्स फाइट नाइट (एमएफए १७)मा बान्टमवेट च्याम्पियन विजेता नेपालका रवीन्द्र ढाँटलाई बधाई दिनुभएको छ ।
प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत बान्टमवेट च्याम्पियन विजेता रवीन्द्रलाई शुभकामना दिनुभएको हो । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्नुभएको छ “भारतका चोङ्गरेङ्ग कोरेनलाई हराउँदै रवीन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट (एमएफए १७) मा बान्टमवेट च्याम्पियन बन्न सफल हुनुभएको छ । पहिलोपटक नेपाललाई उपाधि दिलाउन सफल रवीन्द्रलाई हार्दिक बधाई ।”
भारतको नोएडामा शनिबार राति रवीन्द्रले टाइटल विजेता चोङ्गरेङ्ग कोरेनलाई हराएर इतिहास बनाउनुभएको हो । यो ऐतिहासिक जितसँगै उहाँ एमएफएनको च्याम्पियन बन्ने पहिलो नेपाली फाइटर बन्नुभएको छ । रविन्द्रले विपक्षीलाई नकआउट गर्नुभएको हो ।
तस्वीरः प्रधानमन्त्रीज्यूकाे फेशबुक पेज बाट