संकटा क्लब

पुर्णिमा संकटा क्लबमा

नेपाली यू–२० राष्ट्रिय फुटबल टोलीकी फरवार्ड पुर्णिमा राईले संकटा क्लबबाट खेल्ने भएको छ ।
  • खेल संसार
  • २०८२ श्रावण १९, आईतबार
पुर्णिमा संकटा क्लबमा

खेलसंसार समाचारदाता
काठमाडौँ, साउन १८ गते ।

नेपाली यू–२० राष्ट्रिय फुटबल टोलीकी फरवार्ड पुर्णिमा राईले संकटा क्लबबाट खेल्ने भएको छ ।
एन्फा महिला लिग छनोटमा राई संकटामा अनुबन्ध भएको क्लबले आइतवार जानकारी दिएको हो ।

आगामी साउन २७ बाट सुरु हुने महिला लिग छनोटमा १४ टोलीको सहभागीता रहनेछ । सहभागी १४ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
संकटा छनोट प्रतियोगिताको समूह ‘बी’ मा छ । समूह ‘बी’ मा संकटा सहित एनआरटी, बुटवल लुम्बिनी एफसी, पोखरा गल्र्स एफसी, झापा एफसी, लम्कि फुटबल एण्ड ट्रेनिङ सेन्टर र नेपाल खेलकुद क्लब छन् ।

त्यस्तै समूह ‘ए’ मा चर्च ब्वाइज युनाइटेड क्लब, छहारी फुटबल क्लब, राप्ती एफसी, आरएस रिसोर्ड एण्ड बीच एफसी र एफसी रियली छन् । संकटाले प्रतियोगिताको पहिलो खेलमा नेपाल खेलकुद क्लबको सामना गर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

लुम्बिनी

सुदूरपश्चिम

कर्णाली

बागमती