एसिया रग्बी इमिरेट्स यु–२० सेभेन्स च्याम्पियनसिप

यु–२० रग्बी महिला टोली घोषणा

एसिया रग्बी इमिरेट्स यु–२० सेभेन्स च्याम्पियनसिप का लागि १३ सदस्यीय महिला रग्बी टोली घोषणा गरेको छ ।
  • खेल संसार
  • २०८२ श्रावण १९, आईतबार
यु–२०  रग्बी महिला टोली घोषणा

खेलसंसार समाचारदाता
काठमाडौँ, साउन १८ गते ।

एसिया रग्बी इमिरेट्स यु–२० सेभेन्स च्याम्पियनसिप का लागि १३ सदस्यीय महिला रग्बी टोली घोषणा गरेको छ ।
रग्बी संघले आइतबार नेपाली युवा टोली घोषणा गरेको हो । पछिल्लो संस्करण यस उमेरसमूहको प्रतियोगिता नेपालमा नै आयोजना भएको थियो ।आइतबार भारतमा साउन २४ देखि २७ गतेसम्म एसिया रग्बी इमिरेट्स यु–२० सेभेन्स च्याम्पियनसिप २०२५ आयोजना हुँदैछ ।
नेपाली टोलीमा सम्झौता तुम्बापो, लक्की बलम्पाकी मगर, सनमिका मगर, रेखा खड्का, सुशीला सुनुवार, निशा घलान, रोशना पोखरेल, पूजा डंगोल, कविता बादी, आरुषी भट्टराई, सलिना माझी, समीक्षा गौतम र रामिरा शाही हुनुहुन्छ ।
प्रतियोगिता हुने भारतको मौसमसँग मिल्नेगरी टोलीलाई पछिल्ला एक महिनादेखि प्रशिक्षणमा राखिएको छ । टोली प्रतियोगितामा सहभागी हुन साउन २२ गते भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
यस च्याम्पियनसिप मा एसियाका विभिन्न ११ राष्ट्रबाट ८ महिला र ८ पुरुष यु–२० टोलीले प्रतिस्पर्धा गर्दैछन् । बिहारस्थित राजगीर स्पोट्र्स कम्प्लेक्समा प्रतियोगिता सञ्चालन हुने रग्बी संघले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

लुम्बिनी

सुदूरपश्चिम

कर्णाली

बागमती